Kantipur Sunday 26th of June 2005
मौसम केसी पहिलो
काठमाडौं- चौथो अधिराज्य व्यापी बुदोकैदो फुलकन्ट्याक्ट प्रतियोगिताको शनिबार २५ केजी तौल समूहमा
बालकुमारीका मौसम केसी पहिलो भएका छन् ।
श्री ५ महाराजाधिराजको ५९ औं शुभजन्मोत्सवका अवसरमा आयोजना गरिएको प्रतियोगिताको उक्त स्पर्धामा
बालकुमारीकै सुमन राई दोस्रो भए भने वसन्तपुरका गणेश लामा तेस्रो बने ।
३० केजीमा बालकुमारीका विनोद खड्का, ३५ केजीमा बालकुमारीकै विजय लामा र ४५ केजीमा दिनेश तामाङले
पहिलो स्थान हासिल गरे ।
त्यस्तै ५० केजीमा जमलका दावा चन्द, ५५ केजीमा बालकुमारीका उत्तम स्थापित र पुरुष खुला तौलमा
बालकुमारीका राजन गहतराजले शीर्ष स्थान हासिल गरे ।